9 years ago
March 25, 2017
पोर्चुगल (एजेन्सी) – विश्व कप युरोप छनोट चरण अन्तर्गत आज पोर्चुगलले घरेलु मैदानमा हंगेरीको सामाना गर्दै छ । समूह ‘बी’ अन्तर्गत घरेलु मैदानमा पोर्चुगलले जित निकाल्न सके सन् २०१८ मा रुसमा हुने विश्व कपमा स्थान बनाउने सम्भावना थप मजबुद हुनेछ ।

पोर्चुगलले छनोटका ४ मध्ये ३ खेल जितेको छ । ९ अंकसहित पोर्चुगल दोस्रो र ७ अंकसहित हंगेरी तेस्रो स्थानमा छ । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ३ खेलमा ७ गोल गरेका छन् । रोनाल्डोसंगै पोल्यान्डका रोर्बेट लेवान्डोवस्की हालसम्म छनोट चरणको सबै भन्दा धेरै गोल गर्ने खेलाडी हुन् ।
नौ समुह रहेका युरोपेली छनोटमा हरेक समूहको शिर्ष टोली विश्वकपमा छनोट हुनेछन् । त्यस्तै उत्कृष्ट ८ उपविजेताले पनि विश्वकपमा प्रवेश पाउनेछन् ।
१९३४ मा पहिलो पटक विश्व कपमा सहभागिता जनाएको हंगेरीले ८ पटक फुटबलको महाभिडन्तमा उपस्थिति जनाएको छ । पोर्चुगलले भने ७ पटक विश्व कपमा सहभागिता जनाएको छ ।
आजका अन्य खेलहरु
समूह ‘ए’ – स्वीडेनविरुद्ध बेलारुस , बुल्गेरियाविरुद्ध नेदरल्यान्ड्स , लग्जेमबर्गविरुद्ध फ्रान्स
समूह ‘बी’- एन्डोराविरुद्ध फरोए आइल्यान्ड , स्विट्र्जल्यान्डविरुद्ध लाटभिया
समूह ‘एच’- ( बोस्नियाविरुद्ध गिब्रेल्टार , साइप्रसविरुद्ध इस्टोनिया, बेल्जियमविरुद्ध ग्रिस
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]