10 years ago
October 3, 2015
ए.एफ.सी यु१९ च्याम्पिएनसिपको छनोट चरणको पहिलो खेलमा इरानसंग १०-०को फराकिलो अन्तरले हार व्यहोरेपछि प्रशिक्षक बालगोपाल महर्जनले विपक्षी टोली एकदमै बलियो भएको प्रतिक्रिया दिएका छन्|
खेलको सुरुवातमै दुई गोल खाएपछि खेलको दिशानै मोडिएको कुरा महर्जनले खेलपछि भएको पोष्ट म्याच कन्फरेन्समा बताए| “शारिरिक र प्राविधिक रुपमा बलियो रहेको इरानसंग खेल अवधिभर नेपाल दवावमा रह्यो| सकेसम्म कम गोल खाने हाम्रो लक्ष्य थियो|” महर्जनले भने|
आगामी खेल कुवेतसंग खेलमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने पनि प्रशिक्षकले भने| “कुवेत पनि राम्रो टोली हो, तर हामीले आजको खेल भन्दा सुधारिएको प्रदर्शन गर्नैपर्छ|” बालगोपालले भने|
नेपालले आइतबार नेपाली समयअनुसार साँझ ६:१५ बजे कुवेतसंग खेल्नेछ| खेलको प्रत्यक्ष प्रशारण हाम्रो खेलकुदमा हेर्न सक्नुहुनेछ|
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]