default_image

9 years ago

March 25, 2017

लेजेन्डहरुको खेलमा लिभरपुलले रियल मड्रिडलाई हरायो

149 views

0 Bookmark

लिभरपुल (एजेन्सी) – लिभरपुल फुटबल क्लबको घरेलु मैदान एनफिल्डमा भएको च्यारिटी खेलमा लिभरपुलका पूर्व खेलाडीको टोलीले रियल मड्रिडलाई ४-३ ले हराएको छ ।

carlos

लिभरपुलका लागि माइकल ओवेन, जोन अलरिज , रव्बी फोलर र स्टेभेन जेरार्डले गोल गरे भने रियलका लागि एडविन कंगो, फर्नान्डो मोरिएन्टस् र रुबेन डी ला रेडले गोल गरे । रियलले ४-० ले पछि परेको अवस्थाबाट खेलमा फर्किने प्रयास गरेको थियो । लिभरपुलका पूर्व कप्तान स्टेभेन जेरार्ड खेलको ‘म्यान अफ द म्याच’ भए ।

दुवै टोलीबाट क्लबका पूर्व खेलाडीहरु खेलेका थिए । लिभरपुलका लागि जेरार्ड , डेनियल एगर , फोलर लगायतका थिए भने रियलका लुइस फिगो र रोबर्टो कार्लोस जस्ता पूर्व स्टार खेलाडी खेलका थिए । व्यवसायिक खेल जिवनमा दुवै टोलीबाट खेलेका माइकल ओवेन र स्टिभ माकमानामानले भने दुवै टोलीबाट खेले ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.