default_image

9 years ago

March 26, 2017

पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल

167 views

0 Bookmark

लिस्बन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोको २ गोल र आन्द्रे सिल्भाको गोलमा पोर्चुगलले विश्व कप युरोप छनोटअन्तर्गत समूह ‘बी’ को आइतबार बिहानको खेलमा हंगेरीलाई ३–० ले हराएको छ । रोनाल्डोले पोर्चुगलका लागि ७० अन्तर्राष्ट्रिय गोल पुरा गरेको खेलमा घरेलु टोलीले सहज जित हासिल गरेको थियो ।

2877342_xbig-lnd
यसअघि युरो २०१६ को समूह चरणको भेटमा यी पोर्चुगल र हंगेरीले गोलरहित बराबरी खेलेका थिए । तर, यसपटक फर्नान्डो सान्तोषको टोलीका लागि सिल्भाले ३२ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

अग्रता लिएको चार मिनेटमै रोनाल्डोले अर्को गोल थपेका थिए । रोनाल्डोले ६५ औं मिनेटमा फ्रिकिकमार्फत व्यक्तिग दोस्रो गोल गर्दा पोर्चुगलको जित सह जबनेको थियो । पछिल्ला १४ खेलमा रोनाल्डोको त्यो १५ औं गोल थियो । योसँगै छनोटमा पोर्चुगलको त्यो लगातार चौथो जित हो ।

समूह ‘बी’मा पोर्चुगल दोस्रो स्थानमा यथावत छ । टोली शीर्षस्थानको स्विट्जरल्यान्ड (१५ अंक) भन्दा ३ अंकले पछाडि छ । स्विट्रल्यान्डले आइतबार नै अल्बानियालाई १–० ले हराएको थियो । छनोटका अन्तिम ५ खेल बाँकी रहँदा तेस्रो स्थानको हंगेरी पोर्चुगल भन्दा ५ अंकले पछाडी छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.