9 years ago
March 26, 2017
बुल्गेरिया (एजेन्सी) – बुल्गेरियाको घरेलु मैदानमा २–० पराजय भोगेपछि नेदरल्याड्स विश्व कप छनोट यात्रा कठिन बनेको छ । समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्स अंकतालिकाको चौथो स्थानमा झरेको छ । युरोपको ९ समूहका विजेताले स्वतः रुसमा सन् २०१८ मा हुने विश्व कपमा प्रवेश पाउनेछन् । त्यस्तै ९ समूहका उत्कृष्ट ८ उपविजेताले पनि विश्व कपमा स्थान बनाउनेछन् ।

पहिलो हाफमा नै दुई गोलले पछि परेको नेदरल्यान्ड्स खेलमा फर्कन सकेन । घरेलु दर्शकलाई खुसी पार्ने क्रममा पोल्यान्डमा व्यावसायिक फुटबल खेल्दै गरेका स्पास डेलेभले २ गोल गरेका थिए । उनले पाँचौं मिनेट र २० औं मिनेटमा गोल गरेका थिए ।
हारपछि नेदरल्यान्ड दोस्रो स्थानबाट चौथो स्थानमा झरेको छ । समूहमा १३ अंकसहित फ्रान्स शीर्षस्थानमा छ भने दोस्रो स्थानमा झरेको स्वीडेनको १० अंक छ । बुल्गेरिया ९ अंकसहित तेस्रो स्थानमा उक्लेको छ भने चौथो स्थानमा पुगेको नेदरल्यान्ड्सको ७ अंक छ ।
अन्य खेलका नतिजा
समूह ‘ए’ – स्वीडेन ४–० बेलारुस , लग्जेमबर्ग १–३ फ्रान्स
समूह ‘बी’– एन्डोरा ०–० फरोए आइल्यान्ड , स्विट्जरल्यान्ड १–० लातभिया, पोर्चुगल ३–० हंगेरी
समूह ‘एच’– बोस्निया ५–० गिब्रेल्टार , साइप्रस ०–० इस्टोनिया, बेल्जियम १–१ ग्रिस
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]