default_image

9 years ago

March 26, 2017

जिरुडको दुई गोलमा फ्रान्सलाई सफलता

181 views

0 Bookmark

लग्जेमबर्ग (एजेन्सी)– आर्सनलका स्ट्राइकर ओलिभर जिरुडको २ गोलको मद्दतले फ्रान्सले लग्जेमबर्गलाई ३–१ ले हराउँदै समूहको शीर्षस्थानमा थप मजबुद बनेको छ ।

giroud

२८ औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । मिनेटमा पाहुना टोली फ्रान्सलाई अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा घरेलु टोलीले पेनाल्टी मार्फत बराबरी गरेको थियो ।

पिएसजीका मिडफिल्डर ब्लैसे माटौदीले पेनाल्टी बक्समा फाउल गरेपछि लग्जेम्बर्गले पेनाल्टी पाएको थियो । अरिलिन जोचिमले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । तर फ्रान्सले पुनः तीन मिनेटपछि पेनाल्टी मार्फत नै पुनः अग्रता लिएको थियो । एट्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनियो ग्रिजमानले पेनाल्टी उपयेगा गर्दै फ्रान्सलाई अघि बढाएको थियो ।

हेडरमा माहिर जिरुडले बेन्जामिन मेन्डीको क्रसलाई ७७ औं मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरेका थिए । समूह ‘ए’ मा फ्रान्सको १३ अंक छ भने दोस्रो स्थानमा रहेको स्वीडेनको १० अंक छ । बुग्लेरिया (९) तेस्रो र नेदरल्यान्ड्स (७) चौथो स्थानमा छ ।

अन्य खेलका नतिजा

समूह ‘ए’स्वीडेन ४–० बेलारुस , बुल्गेरिया २–० नेदरल्यान्ड्स
समूह ‘बी’– एन्डोरा ०–० फरोए आइल्यान्ड , स्विट्जरल्यान्ड १–० लातभिया, पोर्चुगल ३–० हंगेरी
समूह ‘एच’– बोस्निया ५–० गिब्रेल्टार , साइप्रस ०–० इस्टोनिया, बेल्जियम १–१ ग्रिस

 

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.