9 years ago
March 26, 2017
अर्जेन्टिना (एजेन्सी) – विश्व कप छनोट चरण अन्तर्गत गतसाता अर्जेन्टिनाले चिली विरुद्धसँग १-० को जित दर्ता गर्यो। उक्त खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी रेफ्रिहरुसंग केहि असन्तुष्ट देखिएका थिए । उक्त खेलमा रेफ्रिहरु प्रति अपशब्द प्रयोग गर्दै उनीहरुलाई अपमान गरेको आरोप मेस्सी माथि लागेको छ ।

अर्जेन्टिनी रेडियो ‘ला रेड’ का अनुसार रेफ्रिहरुले आफ्नो खेलको प्रतिवेदनमा बर्सिलोनाका स्टार मेस्सीको अभद्र शैलीलाई उल्लेख गरेका छन् । खेलका दौरान चिलीका खेलाडीहरुबाट ट्याकल सहनु परेको मेस्सीले खेलका दौरान र खेल सकिएलगत्तै रेफ्रि प्रति असन्तुष्टि जनाउदै अपशब्द प्रयोग गरेको आरोप उनि माथि लागेको हो । यस घटना प्रति फिफाले कुनै प्रतिक्रिया दिएको छैन तर अर्जेन्टिनाका कप्तान मेस्सी दोषी साबित भए फिफाबाट कारवाहीमा पर्नेछन ।
चिलीसँगको महत्वपुर्ण जितमा आफ्नो टोलीको एकमात्र निर्णायक गोल मेस्सीले पेनाल्टीबाट गरेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]