10 years ago
October 3, 2015
ए.एफ.सी यु१९ च्याम्पिएनसिपको छनोट चरणको दोश्रो खेलमा नेपालले कुवेतको सामना गर्दै छ|

पहिलो खेलमा इरानसंग १०-०को फराकिलो अन्तरले पराजित भएको नेपालको छनोट हुने सम्भावना अझै पनि कायम नै छ| बाँकि रहेको दुई खेल कुवेत र जोर्डन विरुद्ध ठुलो अन्तरको जित हात पारे नेपाल अघि बढ्न सक्नेछ|
समुहको शुक्रबार भएको अर्को खेलमा कुवेतले जोर्डनलाई २-१ गोलअन्तरले हराएको थियो|
जोरेडन विरुद्ध जिक हात पारेको कुवेति टोली नेपाललाई हराएर छनोट पक्का गराउनतर्फ अग्रसर हुनेछ भने नेपाल प्रतियोगितामा छनोटको झिनो आशा जगाउन प्रयासरत हुनेछ|
प्रतियोगिताको नियम अनुसार समुह विजेता र उत्कृष्ट पाँच उपविजेता अन्तिम चरणमा सहभागि हुन पाउनेछन्| अन्तिम चरणको प्रतियोगिता आगामी २०१६मा बहराइनमा हुनेछ| नेपालले आइतबार नेपाली समयअनुसार साँझ ६:१५ बजे कुवेतसंग खेल्नेछ| खेलको प्रत्यक्ष प्रशारण हाम्रो खेलकुदमा हेर्न सक्नुहुनेछ|
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]