default_image

9 years ago

March 26, 2017

विश्वकप छनोटमा इङ्गल्याण्डको सहज जित

229 views

0 Bookmark

लण्डन (एजेन्सी) – फिफा विश्वकप २०१८को छानोट चरण अन्तर्गत वेम्बली रंगशालामा भएको खेलमा इङ्गल्याण्डले लिथुआनियालाई २-०ले पराजित गरेको छ

england-defoe

खेलको २२औं मिनेटमा रहिम स्टर्लिङको क्रसमा जर्मेन डेफोले गोल गरेपछि घरेलु टोलीले अग्रता लिएको थियो ४ वर्षपछि इङ्गल्याण्डका लागि गोल गरेका डेफोको यो अन्तराष्ट्रिय करियरको २०औं गोल थियो खेलमा हावी देखिएको इङ्गल्याण्डले पहिलो हाफमा थप मौकाहरु बनाएपनि गोल गर्न भने सकेन

खेलको ६६औं मिनेटमा डेफोको ठाउँमा मैदान पसेका वैकल्पिक खेलाडी जेमी भार्डीले गोल गर्दै खेललाई २-०को स्थितिमा पुर्याएका थिए। उनले एडम लाल्लानाको पासलाई सदुपयोग गर्दै सुन्दर फिनिसीङको नमुना पेश गरेका थिए।

५ खेलमा १३ अंक जोडेको इङ्गल्याण्ड समूह ‘एफ’को शिर्षस्थानमा रहेको छ

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.