default_image

9 years ago

March 27, 2017

एसियन कप छनोटमा नेपाल र फिलिपिन्स भिड्दै

146 views

0 Bookmark

मनिला (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा भोलि नेपाल र फिलिपिन्स भिड्दै छन । बिराज महर्जनको कप्तानिमा रहेको टोलीले भोलि नेपाली समय अनुसार बेलुकी पौने ६ बजे रिजाल मेमोरियल स्टेडियममा घरेलु टोलीको सामना गर्नेछ ।

nepal-in-phi-day-2-16

यसअघि चार पटक फिलिपिन्ससँग खेल्दा नेपालले एकमा जित र तीनमा पराजय बेहोरेको थियो । सन् १९८२ मा पहिलो पटक फिलिपिनो टोलिसँग खेल्दा १-० ले बिजयी भएको नेपाली टोलि पछिल्ला तीन खेलमा भने फराकिलो अन्तरले पराजित भएको थियो ।

नेपाली टोलिका कप्तान बिराज महर्जनले विगतलाइ बिर्सदै नेपालले भोलि फिलिपिन्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन । भोलि हुने खेलको बारेमा जनकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कप्तानले पछिलो समय नेपाली फुटबलले पाएको सफलताको कारण टोली उत्साहित रहेको भन्दै घरेलु टोलीलाइ उसकै भुमीमा निराश पार्न आफुहरु आतुर रहेको बताए 

नेपाली टोलिका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्स माथिल्लो स्तरको टोली भएतापनि आफ्नो टोली उसलाई टक्कर दिन सक्षम रहेको दाबी गरेका छन । प्रशिक्षक कोजीले सन्तुलित नेपाली टोलीले आफ्नो क्षमता अनुसार खेल्न सके घरेलु टोलीविरुद्द तीन अंक खोस्न सक्ने बताए ।

उता फिलिपिनो टोलिका कप्तान फिलिप जेम्स योङहज्बेन्डले कमजोरीहरु सुधार्दै मैदान उत्रने हो भने नेपालविरुद्धको जित टाढा नभएको बताए । उनले केही दिन अघि भएको मलेसियासंगको मैत्रीपुर्ण खेलमा पाएको अवसर खेर फाल्दा गोलरहित बराबरी भएको भन्दै नेपालविरुद्ध टोलीले त्यो कमजोरी सुधार्ने प्रतिवद्धता व्यक्त गरे ।

पत्रकार सम्मेलनमा बोल्दै फिलिपिनो टोलीका प्रशिक्षक थोमस डेनिस डुलेले नेपाली टोलिले पछिल्लो समय राम्रो फुटबल खेली रहेको बारे आफुहरु अनभिज्ञ नरहेको बताए । उनले नेपालविरुद्ध पछिल्ला खेलहरुमा आफ्नो टोलीले सहज जित हात पारे पनि फुटबलमा इतिहासले प्रभाव नपार्ने तर्क गरे । उनले त्यति बेलाको र अहिले नेपाली टोलिमा परिवर्तन रहेको भन्दै आफ्नो टोली सतर्क भएर मैदान उत्रने बताए । उनले नेपाली टोलीमा रहेका केही खेलाडीहरु अत्यन्तै प्रतिभाशाली भएको भन्दै तिनले आफ्नो स्वभाविक खेल खेल्ने हो भने आफ्नो टोलीलाइ अप्ठेरो पार्ने बताए ।

आफुहरु एसियन कप जस्तो ठूलो प्रतियोगिता खेल्न तयार र सक्षम रहेको दाबी गर्दै फिलिपिनो प्रशिक्षक थोमसले भने ” तर त्यसकालागि पहिले छनोटमा राम्रो गर्नु पर्ने छ र पहिलो खुड्किलाको रुपमा रहेको नेपालबिरुद्ध जित हात पार्नु पर्ने छ । नेपाल हाम्रोलागी ब्राजिल अर्जेन्टिना जस्तो हराउनै नसकिने टोलि पनि होइन उनिहरु हामी भन्दा कमजोर नै छन ।”

नेपाल र फिलिपिन्सबिचको खेल मंगलबार साँझ नेपाली समयानुसार ५:४५ बजे सुरु हुनेछ

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.