9 years ago
March 27, 2017
दिपक बोहोरा
पाँचथर– पूर्वी पहाडकै इलामको प्रतिष्ठित फुटबल प्रतियोगिता माइभ्याली गोल्ड कप फुटबल प्रतियोगिता यो साताबाट सुरु हुँदैछ । स्थानिय स्तरमा चर्चामा रहेको गोल्ड कप हेर्न यस क्षेत्र र आसपास जिल्लाका फुटबलप्रेमीहरु उत्साहित मात्र होइन हेर्नका लागि समय मिलाउने योजनामा छन् ।

हरेक प्रतियोगिताको आफ्नै महत्व भएजस्तै माइभ्यालीको पनि अलग विशेष रहेको जनाउँदै नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरका सचिब गिरीराज बास्कोटाले सके सम्म सबै खेल हेर्ने बताएका छन् । नेपाल बिद्यार्थी संघका सचिव धनकुमार लावती पनि भ्याली गोल्डकप हेर्न कुरिरहेको बताउँछन् । उनले भने, ‘अहिले देशमा लिग नभएको अवस्थामा यस्ता गोल्ड कपले नेपाली फुटबल धानेको छ । सके सम्म माइभ्याली गोल्ड कपका सबै खेल हेर्ने योजना छ । ’
झापा बिर्तामोड की आरती भट्टराई लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दीकी समर्थक हुन् । भ्याएसम्म आसपासमा हुने प्रतियोगितामा मनाङको खेल हेर्न उनी पुग्ने गरेकी छिन् । यसपटक मनाङ पनि माइभ्याली कपमा भाग लिने भएकाले उनी थप उत्साहित छिन् । उनले मनाङका खेल हेर्न इलाम पुग्ने योजना सुनाइन् ।
पाँचथरका साहित्यकार तथा खेल बिश्लेषक सगुन सुसारा पनि माइ भ्याली गोल्ड कपका लागि समय व्यवस्थान गर्ने बताउँछन् । माइभ्याली गोल्ड कपको तेस्रो संस्करणसम्म आइपुग्दा यसको अलग पहिचान बनिसकेको छ । दशर्कको सुविधाका लागि आयोजकले अस्थाइ प्यारापिट तयार पारिसकेको छ । प्रतियोगिताको सफलताका लागि व्यवस्थापन चुस्त बनाउने प्रयास गरिएको जिल्ला फुटबल संघ इलामका अध्यक्ष निरज खड्कीले बताए ।
माइभ्याली प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख र दोस्रो २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले १५० सिसिको यमाहा मोटरसाइकल प्राप्त गर्ने छन् । हरेक खेलको म्यान अफ दि म्याचले ७ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताका सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ पाउनेछन् । बिहीबार हुने उद्घाटन खेलमा आयोजक माइभ्याली फुटबल क्लब इलाम र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]