8 years ago
March 27, 2017
मनिला (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा भोलि नेपाल र फिलिपिन्स भिड्दै छन। जापानिज प्रशिक्षक ग्योतोकु कोजीसंगै राजु काजी शाक्य र उज्वल मानन्धरको प्रशिक्षण टोलीले नेपाली टोलीलाई हाल प्रशिक्षण दिइरहेको छ। नेपालले भोलि नेपाली समय अनुसार बेलुकी पौने ६ बजे रिजाल मेमोरियल स्टेडियममा घरेलु टोलीको सामना गर्नेछ।
खेलअघि भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलिका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्स माथिल्लो स्तरको टोली भएतापनि आफ्नो टोली उसलाई टक्कर दिन सक्षम रहेको दाबी गरेका छन । प्रशिक्षक कोजीले सन्तुलित नेपाली टोलीले आफ्नो क्षमता अनुसार खेल्न सके घरेलु टोलीविरुद्द तीन अंक खोस्न सक्ने बताए।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]