default_image

10 years ago

October 5, 2015

राष्ट्रिय लिगमा मनाङ र एपिएफ भिड्दै

199 views

0 Bookmark

काठमाडौं, असोज १८
रोमाञ्चक मोडमा पुगेको राष्ट्रिय लिगमा आज एकमात्र खेलमा लक्ष्मी हुन्डाई मनाङ र शसस्त्र प्रहरी बलको एपिएफबीच हुँदैछ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा २ः३०  बजे सुरु हुनेछ । लिगको अन्तिम चरणमा पुग्दा ए डिभिजन लिगको कीर्तिमान सात पटकको च्याम्पियन मनाड यो पटक केही कमजोर देखिएको छ । २०६३ यता लिग खेल्दै आएपछि एपिएफ अहिले सम्म च्याम्पियन बन्नेको छैन । पाँचौं स्थान एपिएफको अहिले सम्म उच्च प्रदर्शन हो ।

फाइल तस्वीर - मनाङका डोडोज (बायाँ) र विशाल राई ।

फाइल तस्वीर – मनाङका डोडोज (बायाँ) र विशाल राई ।

दुवै टोलीलाई राम्ररी थाहा छ एउटा हारले उपाधि दौडबाट बाहिरिनु पर्ने हुन सक्छ । त्यसैले दुवै टोली कम्तीमा नहार्ने प्रयासमा हुनेछन् ।
लामो खेल जीवन पार गर्दै प्रशिक्षणमा खारिएका दुई टोलीका प्रशिक्षकले अहिले सम्म लिग उपाधिको स्वाद चाख्न पाएका छैनन् । राष्ट्रिय टोली पूर्व स्टइकर एवंम प्रशिक्षक समेत रहेका कृष्ण थापाले यसअघि मनाडलाई प्रशिक्षण दिइसकेका छन् । उनको नेतृत्वमा मनाङले पहिलो एनसेल कप जितेको थियो । तर उनी लामो समय मनाडमा टिकेनन् ।
यता एनआरटीमा लामो समय प्रशिक्षण दिएका राजु शाक्यले मनाड जानुअघि मच्छिन्द्र, आर्मी हेरेका थिए । तर उनले कुनै टोलीलाई लिगको च्याम्पियन बनाउन सकेका छैनन्् । दुवैले आजको खेललाई महत्वका साथ हेरेका छन् । थापा मनाङलाई हराउन सके लिग जित्ने सम्भावना रहेको बताउँछन् । उता शाक्य हरेक खेल उत्तिकै महत्वपूर्ण भएकाले उपाधि दौडलाई कायम राख्न जित्दै पर्ने बताउँछन् । २६ अंकसहित शीर्षस्थानमा रहेको रुस्लान थ्री स्टारसँग अंक दुरी छोटउन पनि दुवै टोलीलाई जितको आवश्यकता छ । चौथो स्थानमा रहेको एपिएफको २० र मनाङ १९ अंकका साथ पाँचौ स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.