default_image

9 years ago

March 27, 2017

आर्मी राजर्षि जनक कपको फाइनलमा, मनाङसँग बर्षको चौथो उपाधिका लागि भिड्ने

186 views

0 Bookmark

सर्लाही (हाम्रो खेलकुद)– विभागिय टोली त्रिभुवन आर्मी क्लब सर्लाहीको बागमतीमा जारी राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई सोमबार ३–० ले हराउँदै आर्मीले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँगको उपाधि भिडन्त पक्का गरेको हो । हारभेस्ट हिमालयन शेर्पालाई आइतबार २–० ले हराउँदै मनाङ फाइनलको यात्रा तय गरेको थियो । फाइनल बुधबार हुनेछ ।

एपिएफसँगको खेलमा त्रिभुवन आर्मी क्लबको टोली ।

एपिएफसँगको खेलमा त्रिभुवन आर्मी क्लबको टोली ।

आर्मी र मनाङमध्ये जसले जितेपनि टोलीको त्यो बर्षको चौथो उपाधि हुनेछ र त्यो टोली बर्षको सर्वाधिक सफल टोली हुनेछ । आर्मी, मनाङ र सिएमजी क्लब संकटाले यो बर्ष समान नकआउट फुटबलका तीन उपाधि जितिसकेका छन् ।

एपिएफविरुद्ध आर्मीले सबै गोल दोस्रो हाफमा गरेको हो । पहिलो गोल जर्ज प्रिन्स कार्कीले ५३ औं मिनेटमा गरेका थिए । त्यस्तो शेषराज महतोले ८० औं मिनेटमा गोल गरे भने अन्तिम गोल टंक बस्नेतले इन्जुरी समयको तेस्रो मिनेटमा गरेका थिए । खेलको म्यान अफ दी म्याच घोषित भएका आर्मीका गोलकिपर महेश्वर श्रेष्ठले ५ हजार रुपैयाँ प्राप्त गरे ।

आर्मी र मनाङले झन्डै तीन महिनापछि फेरी एकपटक उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबीच पछिल्लो पटक पुसमा टुबोर्ग हेटौडा गोल्ड कपमा भेट भएको थियो । जसमा आर्मीले मनाङलाई हराएको थियो ।

आर्मीले त्यसअघि चितवनमा नेपाल कप र दुहबी गोल्ड कपको उपाधि जितेको थियो । पुस यता भने आर्मीले कुनै उपाधि जितेको छैन । हेटौडापछि लगत्तै सुदूरपश्चिमाञ्चलको खप्तड गोल्ड कपको उपाधि जितेको मनाङले त्यसपछि लगातार पोखरामा आहा रारा गोल्डकप र झापामा रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

संकटाले चितवनमा विकास रनिङ शिल्ड, रुस्लान सिमरा गोल्ड कप र रुपन्देहीमा तिलोत्तमा गोल्ड कप उपाधि जितेको थियो । बागमति युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

maheshwor-sherestha-keeper-of-army

एपिएफसँगको खेलमा म्यान अफ दी म्याच बनेका आर्मीका गोलकिपर महेश्वर श्रेष्ठ (बायाँ) ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.