9 years ago
March 27, 2017
मनिला (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा भोलि नेपाल र फिलिपिन्स भिड्दै छन। नेपाली समय अनुसार मंगलबार बेलुकी पौने ६ बजे रिजाल मेमोरियल स्टेडियममा नेपालले घरेलु टोलीको सामना गर्नेछ।

खेलको अघिल्लो दिन पत्रकार सम्मेलनमा बोल्दै फिलिपिनो टोलीका प्रशिक्षक थोमस डेनिस डुलेले नेपाली टोलिले पछिल्लो समय राम्रो फुटबल खेली रहेको बारे आफुहरु अनभिज्ञ नरहेको बताए । उनले नेपालविरुद्ध पछिल्ला खेलहरुमा आफ्नो टोलीले सहज जित हात पारे पनि फुटबलमा इतिहासले प्रभाव नपार्ने तर्क गरे । उनले त्यति बेलाको र अहिले नेपाली टोलिमा परिवर्तन रहेको भन्दै आफ्नो टोली सतर्क भएर मैदान उत्रने बताए । उनले नेपाली टोलीमा रहेका केही खेलाडीहरु अत्यन्तै प्रतिभाशाली भएको भन्दै तिनले आफ्नो स्वभाविक खेल खेल्ने हो भने आफ्नो टोलीलाइ अप्ठेरो पार्ने बताए ।
आफुहरु एसियन कप जस्तो ठूलो प्रतियोगिता खेल्न तयार र सक्षम रहेको दाबी गर्दै फिलिपिनो प्रशिक्षक थोमसले भने ” तर त्यसकालागि पहिले छनोटमा राम्रो गर्नु पर्ने छ र पहिलो खुड्किलाको रुपमा रहेको नेपालबिरुद्ध जित हात पार्नु पर्ने छ । नेपाल हाम्रो लागी ब्राजिल अर्जेन्टिना जस्तो हराउनै नसकिने टोली पनि होइन उनिहरु हामी भन्दा कमजोर नै छन ।”
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]