9 years ago
March 30, 2017
फ्रान्स (एजेन्सी)– विश्वमा अहिले चर्चामा रहेका फुटबलका दुई खेलाडी रियाल मड्रिडका क्रिस्टियानो रानोल्डो र बार्सिलोनाका लियोनल मेस्सीमध्ये कसको कमाई बढी छ भन्ने उनीहरुका समर्थकलाई पक्कै चासो रहन्छ ।

पछिल्लो एउटा समाचारले मेस्सीका समर्थकलाई भने केही खल्लो बनाउन सक्छ । पोचुर्गल फुटबल टोलीका कप्तान रहेका रोनाल्डोले सन् २०१६/०१७ को सिजनमा कमाईमा अर्जेन्टिनाका कप्तान मेस्सीलाई पछाडि पारेका छन् ।
मासिक पारिश्रमिक, बोनस, विज्ञापन र प्रायोजन रकमको आधारमा गरिएको विश्लेषण अनुसार रोनाल्डोले यो सिजन झन्डै ८८.५ मिलियन युरो (९ अर्ब ४० करोड नेपाली रुपैयाँ) बराबर कमाएका छन् । मेस्सीले कमाई भने यो सिजन ७६.५ मिलियन युरो (८ अर्ब ६० करोड नेपाली रुपैयाँ ) रह्यो ।
त्यस्तै बार्सिलोनाका नमारले ५५.५ मिलियन युरो कर्मा सहित तेस्रो र चौथोमा रियलका बेल (४१ मिलियन युरो) रहेका छन् । हाल चाइनिज सुपर लिगमा खेलिरहेका पिएसजीका लाभेजीले यो सिजन २८ मिनियन युरो कमाए ।
त्यस्तै २८ मिलियन (३ अर्ब १६ करोड नेपाली रुपैयाँ) कमाएका म्यानचेस्टर युनाईटेडका प्रशिक्षक जोजे मोरिन्हो सबै भन्दा धेरै कमाउने प्रशिक्षक बनेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]