9 years ago
March 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – खेलाडी र अहिले व्यवस्थापकका नाममा विराटजंग शाही नेपाली फुटबलका सदावहार व्यक्तित्व मध्येका एक हुन् । नेपाली फुटबल जगतमा उनलाई ‘लक्की मेनेजर’ रुपमा पनि हेरिन्छ । सन् १९९३ पछि नेपालले लामो समय फुटबलको कुनै पनि उपाधि जित्न सकेको थिएन ।

पछिल्लो दुई बर्षमा भने नेपालले फुटबलमा अपेक्षा गरेभन्दा पनि ठूलो सफलता प्राप्त गरेको थियो । गत बर्ष भदौंमा साफ यू १९ उपाधि जितेर सुरु भएको नेपालको सफलताको यात्रा माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप, फागुनमा भारतमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा यू २३ ले स्वर्ण पदक र यसै बर्षको कात्तिकमा राष्ट्रिय टोलीले मलेसियामा एएफसी सोलिडारिटी कपमा उपाधि जितेर टुंगिएको थियो ।
यू १९ बाहेक पछिल्ला तीनै उपाधि जित्दा अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष समेत रहेका शाह नै व्यवस्थापक थिए । यू १९ मा भने दिवाकर घलेले व्यवस्थापकको भूमिका निर्वाह गरेका थिए ।
उनै लक्की मेनेजर अहिले पनि राष्ट्रिय टोलमिा त्यहि भूमिकामा फिलिपिन्स पुगेका छन् । आज साँझ नेपाली समय अनुसार ५ः४५ मा नेपालले एसियन कप छनोट चरणको पहिलो खेलमा घरेलु टोली फिलिपिन्सको सामना गर्दैछ । भाग्यका कारणले मात्र फुटबलमा सफलता पाइन्न ।
तर, कहिले काही मेहनत गर्दा पनि सफलता प्राप्त गर्न सकिन्न भाग्यको पनि साथ चाहिन्छ भनिन्छ । राष्ट्रिय टोलीका पूर्व सदस्य समेत रहेका शाह मेनेजर भएको बेला के फेरी एकपटक नेपाललाई भाग्यले पनि साथ देला त ? शुभकामना नेपाली फुटबल टोलीलाई ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]