9 years ago
March 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्सविरुद्ध साँझ नेपाली समय अनुसार ५ः४५ मा सुरु हुने एसियन कप छनोटअन्तर्गत समूह चरणको पहिलो खेलको लागि नेपाली टोलीको घोषणा हुँदा कप्तान विराज महर्जन परेनन् ।

नियमित कप्तान अनिल गुरुङ २० सदस्यीय टोलीमै पर्न असफल हुँदा त्यसपछि कप्तान बनाइएका विराज बेन्च मै सिमित हुने भएका छन् । नेपाली टोलीका जापानी प्रशिक्षक ग्यातुको कोजीले रोहित चन्दलाई पुनरागमनको अवसर दिएका छन् ।
विराजको अनुपस्थितिमा आजको खेलमा नेपाली टोलीको कप्तानको घोषणा गर्न बाँकी रहेपनि सिनियर खेलाडी भरत खवासरलाई त्यो जिम्मेवारी दिने सम्भावना छ ।
नेपाली टोलीको सुरुआती ११ – किरण चेम्जोङ (गोलकिपर), रविन श्रेष्ठ, कमल श्रेष्ठ, आदित्य चौधरी, अनन्त तामाङ, रोहित चन्द, विक्रम लामा, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विमल मगर र भरत खवास।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]