default_image

9 years ago

March 28, 2017

लगातार दोस्रो हारपछि नेपाल इमर्जिङ नेसन्स कप क्रिकेटबाट बाहिरियो

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल मंगलबार आयोजक बंगलादेशको यू २३ सँग ८३ रनले पराजित भएको हो । पहिलो खेलमा नेपाल सोमबार पाकिस्तानसँग ६ विकेटको पराजय भोगेको थियो । नेपाल लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

sandip-and-aabhinas

अर्को खेलमा सोमबार पाकिस्तानले हङकङलाई २ सय ४८ रनको भारी अन्तरले हराएको छ । नेपालसँगै हङकङ प्रतियोगितबाट बाहिरिएका छन् भने समान दुई खेल जितेका पाकिस्तान र बंगलादेश एकअर्काको सामना गर्नुअघि नै अन्तिम चारमा पुगेका छन् । बाहिरिएका नेपाल र हङकङबीच बिहीबार प्रतिस्पर्धा हुनेछ ।

२ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालका लागि दिपेन्द्र सिंह ऐरी, दीलिप नाथ र विनोद भण्डारी बाहेक कुनै पनि ब्याट्सम्यान चल्न नसकेपछि टोली ४३.३ ओभरमा अलआउट भएको थियो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत गत महिना केन्यालाई ७ विकेटले हराएको खेलमा अर्धशतक पुरा गरेका युवा खेलाडी दिपेन्द्रले बंगलादेशविरुद्ध पनि अर्धशतक पुरा गरेका थिए । उनले ८५ बल खेल्दै ६ चौकाका साथ ५६ रन बनाएका थिए ।

दीलिपले ६२ बलमा ३ चौका र १ छक्कासहित ४१ रन जोडे । विनोदले २३ बलमा ६ चौका र १ छक्का साथ ३३ रन जोडे । आसिफ शेखले १२ र महबुब आलमले रन जोडे भने अन्य कुनै पनि खेलाडीले दोहारो आँकडामा रन जोड्न सकेनन् ।

कप्तान ज्ञानेन्द्र मल्लले खाता खोल्न सकेनन् भने सुनिल धमालले १, शरद भेषावकरले २ , भुवन कार्कीले ६, सन्दीप लामिछानेले ३ र अभिनाष कर्णले १ रन बनाए । बंगलादेशका राहतुल फेडुस जाभेले ४, सैफ उड्डिनले ३ र अबुल हसन राजुले २ विकेट लिए ।

त्यसअघि टस जितेको नेपालले आयोजक बंगलादेश यू २३ लाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो । तेस्रो ओभरमै महत्वूर्ण दुई विकेट गुमाएपछि विस्तारै सम्हालिएको प्रदर्शन गरेको बंगलादेशको युवा टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो ।

मध्यक्रमका ब्याट्सम्यान नासिर हुसेनले अविजित शतक बनाएपछि टोलीले नेपालविरुद्ध ठूलो स्कोर खडा गरेको थियो । नासिरले १ सय १५ बलमा १२ चौका र २ छक्कासाथ अविजित १ सय ९ रन बनाए । टोलीका कप्तान मोमिनुल हकले पनि अर्धशतक पुरा गरेको खेलमा अन्य ब्याट्सम्यानको प्रदर्शन भने उल्लेख रहेन ।

मोमिनुलले ७८ बलमा ७ चौकासहित ६१ रन जोडे । अबु हसन राजाले ३०, अफिफ हुसेनले १४, सैफ उडिड्नले १३ रन बनाए । नेपालका लागि अभिनाश कर्णले ३ ,सन्दीप लामिछानेले २ तथा महबुब आलम, दिपेन्द्र सिंह ऐरी र कप्तान ज्ञानेन्द्र मल्लले समान १ विकेट लिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.