अर्जेन्टिना (एजेन्सी) – अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार फरवार्ड लिओनेल मेस्सीलाइ फिफाले ४ खेलको प्रतिबन्ध लगाएको छ। गतसाता विश्व कप छनोट चरण अन्तर्गत अर्जेन्टिनाले चिली विरुद्धसँग १-० को जित दर्ता गर्दा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी रेफ्रिहरुसंग केहि असन्तुष्ट देखिएका थिए । उक्त खेलमा रेफ्रिहरु प्रति अपशब्द प्रयोग गर्दै उनीहरुलाई अपमान गरेको आरोप मेस्सी माथि लागेको थियो ।
अर्जेन्टिनी रेडियो ‘ला रेड’ का अनुसार रेफ्रिहरुले आफ्नो खेलको प्रतिवेदनमा बर्सिलोनाका स्टार मेस्सीको अभद्र शैलीलाई उल्लेख गरेका थिए। खेलका दौरान चिलीका खेलाडीहरुबाट ट्याकल सहनु परेको मेस्सीले खेलका दौरान र खेल सकिएलगत्तै रेफ्रि प्रति असन्तुष्टि जनाउदै अपशब्द प्रयोग गरेको आरोप उनि माथि लागेको हो ।
फिफाको कारवाहीसंगै मेस्सीले अब अर्जेन्टिनाको आगामी ४ खेल गुमाउने छन्।