9 years ago
March 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्धको पहिलो खेल मंगलबार ४–१ ले गुमाएको नेपाली राष्ट्रिय टोली भोली स्वदेश आइपुग्ने भएको छ । टोली ड्रागन एयरको विमानमा फिलिपिन्सको मनिलाबाट हङकङ हुँदै राती ९ः५५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने बताइएको छ ।

फिलिपिन्सविरुद्ध खेल सुरु भएको केही मिनेटमै दस खेलाडीमा सिमित भएको नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा १ गोल खाएको थियो । नेपालका लागि एकमात्र गोल विशाल राईले पहिलो हाफको इन्जुरी समयमा फर्काएका थिए । सन् १९८२ मा फिलिपिन्सलाई १–० ले हराएको नेपालले त्यसपछिका चारै खेलमा नेपाल पराजित भएको छ । २०११ को अक्टुबरमा ४–० तथा २०१४ को अप्रिल र अक्टुबरका दुई खेलमा नेपालले समान ३–० को नतिजा सुम्पेको थियो । झन्डै तीन बर्षपछि मंगलबारको खेलमा नेपाल फेरी पराजित भएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]