default_image

9 years ago

March 29, 2017

मेस्सीमाथिको प्रतिबन्ध अर्जेन्टिनालाई महंगो सावित

137 views

0 Bookmark

बोलिभिया (एजेन्सी)– कप्तान लियोन मेस्सीमाथिको ४ खेलको प्रतिबन्ध अर्जेन्टिनालाई महंगो परेको छ । विश्व कप दक्षिण अमेरिकी छनोटको खेलमा मेस्सी विना उत्रनेका अर्जेन्टिना बोलिभियासँग २–० ले पराजित भएको छ ।

2877927_big-lnd

अर्को बर्ष रुसमा हुने विश्व कपका लागि भइरहेको छनोटमा को छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले हार बेहोरेको हो । हुवा कार्लो आर्स र मार्सेलो मार्टिन्सको गोलमा बोलिभिया विजयी भएको हो ।

खेलको ३१ औं मिनेटमा आर्सले गोल गरे भने ५३ औं मिनेटमा मार्टिन्सले गोल थपे । गत शुक्रबार बिहान चिलीसँग भएको खेलमा लाइन्स म्यानलाई अभद्र व्यवहार गरेका कारण मेस्सीमाथि चार खेलको प्रतिबन्ध लागेका छ ।

मेस्सीलाई खेल सुरु हुनु केही घण्टाअघि मात्रै फिफाले प्रतिबन्धको निर्णय गरेको थियो । हारपछि अर्जेन्टिना अंक तालिकाको पाँचौं स्थानमा झरेको छ ।

टोलीको १४ खेलबाट २२ अंक छ । छनोटका चार खेल बाँकी रहँदा अर्जेन्टिनामाथिको दबाब बढेको छ । अझै तीन खेलमा मेस्सी हुने छैनन् । बुधबार बिहानको अर्को खेलमा भेनेजुएलालाई ३–१ ले हराँदै चिली चौथो स्थानमा उक्लेको छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.