9 years ago
March 29, 2017
फुन्साल (एजेन्सी)– पहिलो हाफको अग्रता जोगाउन नसक्दा पोर्चुगलले घरेलु दर्शक सामु स्विडेनसँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ । करिब १० हजार दर्शकको उपस्थिति रहेको खेलमा मडिराको फुन्सालमा पोर्चुगलले १६ वर्षपछि पहिलो पटक अन्तराष्ट्रिय खेल खेलेको थियो । तर पहिलो हाफको २–० को अग्रता जोगाउन नसक्दा पोर्चुगल ३–२ ले पराजित भएको थियो ।

कप्तान क्रिस्टियानो रोनाल्डोले १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । २१ बर्षे गेल्सन मार्टिन्सको दायाँबाट दिएको क्रसमा रोनाल्डोले भलिमार्फत गोल गरेका हुन् ।
३४ औं मिनेटमा स्विडेनका एन्ड्रेस ग्रानभिस्टको आत्मघाती गोलमा पोर्चुगलको गोअन्तर दोब्बर भएको थियो । रोनाःडोले मार्टिन्स तर्फ दिएको पासलाई रोक्ने प्रयास गर्दा ग्रानभिस्टकोको प्रहार आत्मघाती गोलमा परिणत भयो । दोस्रो हाफमा भिक्टर क्लेसोनको २ गोलको मद्दतमा स्विडेन खेलमा फर्केको थियो ।
५७ औं मिनेटमा पहिलो गोल गरेका क्लेसोनले ७५ औं मिनेटमा अर्को गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । इन्जुरी समयको अन्तिम मिनेटमा स्विडेनको निकलस हल्टको क्रसलाई रोक्न जोएयो क्यान्सेलोले आत्माघाती गोल गरेपछि पोर्चुगल पराजित भएको थियो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]