प्यारिस (एजेन्सी)– फ्रान्स घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा स्पेनसँग २–० ले पराजित भएको छ । भिडियो रिप्ले प्रविधिको परीक्षणमा रुपमा भएको खेलको दुई महत्वपूर्ण निर्णय प्रविधिको सहयोगमा सच्चाईएको थियो ।
पहिलो हाफ गोलरहित रहेको खेलको दोस्रो हाफ भने रोमाञ्चक रह्यो । दोस्रो हाफको सुरुवातमा कुरजावाको क्रसमा ग्रिजमानले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले फ्रान्सको गोल अफसाइड रहेको ठहर गरेपछि खेल बराबरीमा अघि बढ्यो ।
घरेलु टोलीले अन्य केहि मौका सिर्जना गरेपनि खेलमा अग्रता भने स्पेनले लियो । डेउलेफ्युलाई कोसेल्नीलाई लडाएपछि पाएको पेनाल्टीमा ६८ औं मिनेटमा गोल गर्दै डेभिड सिल्भाले स्पेनलाइ अग्रता दिलाए ।
त्यस्तै डेउलेफ्युले ७७ मिनेटमा स्पेनको अग्रता दोब्बर गरे । उनको गोल पहिले अफसाईड भनिएपनि भिडियो भिडियो असिस्टेन्ट रेफ्रीले निर्णय उल्टाएपछि स्पेनको दोस्रो गोल पक्का भएको थियो ।