default_image

9 years ago

March 30, 2017

नवयुग, अनिल र भरत अष्ट्रेलिया पुगे

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सम्मान ग्रहणका लागि तीन नेपाली खेलाडीलाई बिहीबार अस्ट्रेलिया पुगेका छन् । एनआरएनए अष्ट्रेलियाले नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान भरत शाह, राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ र स्ट्राइकर नवयुग श्रेष्ठलाई आइताबर सम्मान गर्न लागेको हो ।

austrila-puge-kheldadi

खेलाडीलाई स्वागत गर्न विमानस्थलमा पुगेका अष्ट्रेलियामा बस्दै आएका नेपालीहरु ।

लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कप्तान समेत रहेका अनिल र त्रिभुवन आर्मी नवयुग भने यसपटक राष्ट्रिय टोलीको भ्रमणमा थिएनन् । चैत १५ गते भएको फिलिपिन्सविरुद्ध एसियन कप छनोटमा अनिल टोलीमा अटाउन सकेनन् ।खेलाडीहरुलाई विमास्थलमा अष्ट्रेलियामा बस्दै आएका नेपालीहरुले स्वागत गरेका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.