10 years ago
August 15, 2015
अखिल नेपाल फुटबल संघले आगामी भाद्र १४ गते हुने भारत विरुद्धको मैत्रीपुर्ण खेलमा सहभागी हुने सम्भावित ३० खेलाडीको नाम सार्वजनिक गरेको छ|
३ गोलकिपर, १० रक्षक, ९ मिडफिल्डर र ८ फरवार्ड सहितको ३० खेलाडीको नाम आज सार्वजनिक गरिएको छ| दाजुभाई अन्जन र रंजन बिष्ट दुवै जना ३० खेलाडीमा परेका छन्| थ्री स्टार क्लबका सात, आर्मीको ५, सशत्रको ४, मनाङ्को ३, सुदुरपस्चिमको २ र रुपन्देहीका एक खेलाडी टिममा समावेश छन्| बिदेशमा खेलिरहेका रोहित चन्द र बिमल घर्ती मगर पनि टिममा सामेल छन्|
गोलकिपर: किरण चेम्जोंग, विकेश कुथु, रितेश थापा
डिफेन्डर: बिराज महर्जन, रोहित चन्द, सागर थापा, सन्दिप राई, रंजित धिमाल, अनन्त तामांग, आदित्य चौधरी, अजित भण्डारी, रबिन श्रेष्ठ, जितेन्द्र कार्की
मिडफिल्डर: बिक्रम लामा, बिशाल राई, भोला सिलवाल, जगजित श्रेष्ठ, सुशील केसी, श्याम नेपाली, राजु तामांग, हेमन्त थापा मगर, बिश्वाश श्रेष्ठ
फरवार्ड: रंजन बिस्ट, जुमानु राई, अनिल गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, बिमल घर्ति मगर, भरत शाह, अन्जन बिस्ट
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]