default_image

10 years ago

October 6, 2015

राष्ट्रिय लिगमा मोरङ र पुलिस भिड्दै

191 views

0 Bookmark

राष्ट्रिय लिगमा आज नेपाल पुलिस क्लब र मोरङ फुटबल क्लब खेल्दै छन्|

Arko.Asia

Arko.Asia

सातदोबाटो स्थित एन्फा कम्प्ललेक्सको एष्ट्रो टर्फमा जारी लिगमा आज अंक तालिकाको पुछारमा रहेको मोरङ लिगको पहिलो जित हात पार्ने दाउमा छ भने पुलिस तिन अंक बटुलेर लिगको अन्त्य सुखद पार्ने सोचमा हुनेछ|

चोटले सताएको पुलिस टिमले यो लिगमा त्यति राम्रो प्रदर्शन गर्न सकेको छैन| पहिलो रोजाईका अधिकांश खेलाडी विनानै लिग खेलिरहेको पुलिसले यस खेलमा पनि कुनै खेलाडी फिर्ता पाउने छैन|

मोरङले एष्ट्रो टर्फमा दुईदिनअघि मात्र पहिलो खेल खेलेको थियो र सो खेलमा अर्को विभागिय टोली आर्मीले ७-०को फराकिलो जित हात पारेको थियो| थ्रि स्टारसंग मोरङमा भएको खेलपछि भएको घटनामा संलग्न भएको भन्दै एन्फाले ३ खेलाडीलाई डेढ वर्ष निलम्बन गरेपछि मोरङको टोली त्यति मजबुत छैन| यु१९ टोलीसंगै इरान पुगेका डिफेन्डर छिरिङ गुरुङ र मिडफिल्डर डोना थापाको अभाव पनि टोलीलाई हुनेछ|

आर्मीसंगको खेलमा चोटका कारण परिवर्तन भएका गोलकिपर किशोर गिरि खेल्ने नखेल्ने खुलेको छैन| किशोर मोरङका लागि यो लिगमा उत्कृष्ट प्रदर्शन गर्ने मध्य एक हुन| मनाङलाई ०-०को बरीबरी र झापालाई १-०ले हराउँदा किशोरको उल्लेखनिय योगदान रहेको थियो|

यसो त पुलिसका लागि पनि यु१९ टोलीसंग रहेका राम चन्द्र वजी उपलब्ध हुने छैनन् तर योगेश श्रेष्ठको पुनरागमनले टोलीको अाक्रमणमा केहि मजबुति भने थपेको छ|

खेल दिनको साँढे दुई बजे एन्फा कम्पलेक्समा हुनेछ|

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.