default_image

9 years ago

March 31, 2017

मेस्सीमाथि फिफाको प्रतिबन्धमा बार्सिलोनाको फाइदा

160 views

0 Bookmark

स्पेन (एजेन्सी) – अर्जेन्टिनाका कप्तान तथा बार्सिलोनाका स्टार खेलाडी लिओनल मेस्सीले चिलीविरुद्ध भएको विश्वकप छनोट अन्तर्गत गत साता खेलिएको खेलमा अपशब्द प्रयोग गरेको आरोपमा फिफाबाट चार खेलको प्रतिबन्ध पाए

lionel-messi

मेस्सीलाई साथ दिने धुनमा फिफाको यस कदमलाई आलोचना गर्दै बार्सिलोनाले आफ्नो पुरानो सम्बन्धमा धरापमा पारेको छ विगतमा सेप ब्लाटर फिफाको अध्यक्ष हुँदा चिसिएको बार्सिलोना र फिफाको सम्बन्ध जियानी इन्फानटिनोको आगमनसंगै केहि सुधारिएको थियो ब्लाटर अध्यक्ष हुँदा फिफाले बार्सिलोनालाई एकेडेमीमा खेलाडी अवैध रुपमा अनुबन्धन गरेको आरोपमा जरिवानाका साथै प्रतिबन्धका र विश्वकपका दौरान लुइस सुआरेजलाई टोकेको आरोपमा गरेको प्रतिबन्धमा बार्सिलोनाले खुलेआम असन्तुष्टि जनाएको थियो

तर, बार्सिलोनाले मेस्सीको पक्षमा गरेको यो कदमसंगै फिफा र बार्सिलोनाको सम्बन्धमा केहि बदलाव आउने निश्चित छ मेस्सीले बार्सिलोनामा नयाँ अनुबन्धन गर्न बाँकी रहेको अवस्थामा मेस्सीको सहानुभूति जित्न यो कदम चालेको आरोप पनि बार्सिलोनालाइ लागेको छ

भावी अध्यक्षका रुपमा हेरिदै आएका बार्सिलोनाका उपाध्यक्ष जोर्डी कार्डोनरले मेस्सीको प्रतिबन्धको विषयमा फिफाले पुनर्विचार गर्नुपर्ने अभिव्यक्ति दिइसकेका छन् “यो प्रतिबन्ध एकदम धेरै हो र अचम्मको कुरा यो छ कि फिफाले यस्तो घटनामा पहिलोपटक कदम चालेको छ”, उनले भने

अर्जेन्टिनाबाट मेस्सीले नखेल्नु बार्सिलोनालाई फाइदाजनक भएपनि क्लबले फिफाले चालेको यस कदमप्रति खेद प्रकट गर्दै मेस्सी अझै पनि ‘मैदान भित्र र मैदान बाहिर उदाहरणीय व्यक्तित्व’ रहेको बताएको छ

बार्सिलोनाको यस कदमले फिफाले गरेको प्रतिबन्धमा केहि बदलाव नआउने भएपनि मेस्सी र क्लबबिचको सुमधुर सम्बन्ध अझ प्रगाढ हुने भने पक्का भएको छ क्लबले यस कदमसंगै मेस्सीले नयाँ अनुबन्धन गर्नेमा पनि थप सहयोग पुग्ने विश्वास लिएको छ

बार्सिलोनाका अध्यक्ष जोसेप बार्टोमेउ हाल मेस्सिका पितासंग उनको अनुबन्धनबारेमा कुरा गर्दै गरेको खुल्नमा आएको छ बार्सिलोनाले उनलाई अझै लामो समयसम्म क्लबमा राख्न कुनै कसर नछोड्ने बताएको छ क्लबको यस कदमलाई अध्यक्ष बार्टोमेउले मेस्सी कर छलेको आरोपमा पक्राउ पर्दा ट्वीटर मार्फत “हामी सबै मेस्सी हौं” भन्ने ह्यासट्याग प्रयोग गरेर पनि उदाहरण दिइसकेका छन्

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.