default_image

9 years ago

October 6, 2015

मोरङले नेपाल पुलिससँग बराबरी खेल्यो

108 views

0 Bookmark

काठमाडौं, असोज १७ गते ।

आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेल मा नेपाल पुलिस क्लब र मोरङ एफसिले बराबरी खेलेका छन । मोरङले खेलको अन्तिम मिनटमा बराबरी गोल गरेपछी पुलिस राष्ट्रिय लिग पुन: सुचारु भएपछी हासिल गर्न लगेको पहिलो जीतबाट बन्चित भयो । 

Raj Kumar Paudel Morang FC

नेपाल पुलिस क्लबका ३ जना खेलाडी चोट बाट फर्के पनि कुनै जादु देखाउन सकेन र लिग को अन्तिममा रहेको मोरङ सँग पनि ड्र खेल्न बाध्य भयो । सुमन सुबेदि, सुरज बिक र योगेश श्रेष्ठले लिगमा पुनरगामन गरेका थिए । पहिलो हाल्फ बाटनै खल्लो देखिएको खेल मा पहिलो हाल्फ निरशाजनक देखिएको थियो, दुबै टोलिले कुनै गोल गर्न सकेनन । दोस्रो हाल्फ मा भने खेल केहि रोमान्चक देखियो, खेलको ६०औं मिनटमा अजित भण्डारीको गोल रेफ्रीले अफसाइड दिएपनी त्यस्को १६ मिनट पछी योगेशले प्रहार गरेको बल सुरेन खवासलाई छुदै गोल भयो र पुलिसले आग्रता लियो ।  तर ९० मिनट पछी थपिएको ३ मिनटको पहिलो मिनटमा गोल गर्दै राज कुमार पौडेलले खेल १-१ को बराबरीमा पुराए ।
खेलको म्यान अफ द म्यात्च मोरङका राज कुमार पौडेल घोषित भए ।

December 15, 2024

राष्ट्रिय जागृतिसँग झापा ११ को हार

हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

Success

Thank you for your time.