default_image

8 years ago

April 1, 2017

युनाइटेडमा चोटग्रस्त खेलाडीको सुचि लामो

110 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – इङ्लिस प्रिमियर लिगमा अन्तर्राष्ट्रिय ब्रेकपछि फर्कदा म्यानचेस्टर युनाइटेडलाई चोटग्रस्त खेलाडीको सुचि लामो बनेको छ । इङल्यान्ड राष्ट्रिय टोलीको कर्तव्य पुरा गर्न गएका क्रिस स्मलिंग र फिल जोन्स चोटग्रस्त भउका छन् भने पौल पोग्बा यसअघिनै चोटबाट सताइएका थिए ।
zlatan

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणका त्रलममा रक्षक जोन्स र समलिंगलाई चोट लागेको थियो । पोग्बा भने ह्यामस्ट्रिंगबाट पीगित छन् । युनाइटेडको चोटग्रस्त खेलाडीको सुचिमा हुवा माटा यथावत छन् । कमर र तिध्रा बिचको भाग (ग्रोइन) को चोटका कारण शल्यक्रिया गरेका माटाा आइतबार वेस्टब्रुमसँगको खेल हुनेछैनन् ।

यो सिजनको टोलीका लागि सबै भन्दा धेरै गोल गरेका ज्लाटन इब्राहिमोबिक भने प्रतिबन्धमा छन् । यसबीचमा कप्तान वाइने रुनी भने आज खेलमा फर्कनेछन् । उनले घुडाँको चोटका अघिल्ला ४ खेल गुमाएको थियो ।

महत्वपूर्ण खेलाडी नहुँदाको अवस्थामा युनाइटेडलाई प्रिमिलिगको शीर्ष ४ भित्र पर्न कठिन देखिएको छ । टोली अहिले प्रिमियर लिगको पाँचौं स्थानमा छ । चौथो स्थानमा रहेको लिभरपुलभन्दा २ खेल कम खेलेको युनाइटेडको चार अंक कम छ ।

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

December 15, 2024

रियल म्याड्रिड रोकियो

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ ।‌ बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]

Success

Thank you for your time.