9 years ago
April 1, 2017
लिभरपुल (एजेन्सी) – लिभरपुल फुटबल क्लबले घरेलु मैदानमा १९९९ यताको किर्तिमान यथावत राख्दै एभर्टनलाई ३-१ ले हराएको छ। कौटिन्ह्योको १ गोल र अर्कोमा योगदान रहेपछि लिभरपुलले घरेलु समर्थक सामु अनुकुल नतिजा निकाल्न सफल भएको हो ।

खेलको आठौँ मिनेटमा साडियो मानेले एकल प्रयासमा गरेको गोलले लिभरपुलले खेलमा अग्रता पायो। तर ‘सेट पिस’मा कमजोर रहदैं आएको लिभरपुलले एभर्टनको कर्नर जोगाउन नसक्दा खेल २८औं मिनेटमा बराबरीमा पुगेको थियो। माथ्यु पेनिङ्गटनलाई मार्क नगर्दा उनले एभर्टनकालागि पहिलो गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए। तिन मिनेट पछि कौटिन्ह्योको उत्कृष्ट गोलमा लिभरपुल पुन: अग्रतामा फर्कियो। एम्रे च्यानले मिडफिल्डबाट उपलब्ध गराएको पासको सदुपयोग गर्दै एभर्टनको दुई डिफेन्डरलाई छक्याएपछि फिलिप कौटिन्ह्योले गरेको प्रहारलाई एभर्टनका गोलरक्षकले बचाउ गर्ने कुनै मौका पाएनन।
दोस्रो हाफमा आफ्नो टोलीको भरपर्दा फरवार्ड माने घाइते भएपछि मैदान प्रवेश गरेका ओरिजीले कौटिन्ह्योको पासलाई सदुपयोग गर्दै गोल गरेपछि लिभरपुलले आफ्नो अग्रता दोब्बर गर्यो। खेलमा पछाडी परेको एभर्टनले गोल गर्न विभिन्न प्रयास गरेपनि कुनै गोल गर्न नसक्दा १८ वर्ष लामो इतिहासलाई परिवर्तन गर्न सकेन। एभर्टनले १८ वर्ष यता आफ्नो छिमेकि क्लब लिभरपुलको घरेलु मैदानमा जित हासिल गर्न सकेको छैन।
३० खेल खेलेको लिभरपुल ५९ अंक सहित तेस्रो स्थानमा चढेपनि चौथो स्थानमा रहेको सिटीले २८ खेल खेल्दै ५७ अंक बनाएको छ। म्यानचेस्टर सिटीले भोलि आर्सनलको सामना गर्दैछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]