9 years ago
April 2, 2017
एजेन्सी – इङ्गलिस प्रिमिएर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर युनाईटेडले वेष्ट ब्रमविच आल्बिएनसंग गोलरहित बराबरी खेलेको छ।

युनाईटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेका थिएनन्। ज्लाटन इब्राहिमोभिचको अनुपस्थितिमा युनाईटेडका फर्वार्डहरुले खासै राम्रो अवसर सिर्जना गर्न सकेका थिएनन्। मार्कस र्यासफर्डको केहि प्रहारलाई भने वेष्ट ब्रमका गोलरक्षक बेन फोस्टरले विफल तुल्याएका थिए। फोस्टर युनाईटेडकै पूर्व खेलाडी पनि हुन्।
प्रिमिएर लिगमा भएका १५ घरेलु खेलमध्ये यो म्यानचेस्टर युनाईटेडको आठौं बराबरी हो।
खेलपश्चात प्रशिक्षक जोसे मोउरिन्होले फरवार्डहरुको कमजोर प्रदर्शनका कारण खेलमा गोल नभएको बताए। उनले आक्रमणमा खेल्ने खेलाडीहरुले आफ्नो काम नगरेकाले टोलीलाईनै घाटा परेको बताए।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]