default_image

9 years ago

April 2, 2017

निलम्बित मेस्सीबिनाको बार्सिलोना ग्रानाडासंग भिड्दै

206 views

0 Bookmark

ग्रानाडा (एजेन्सी) – बार्सिलोनाका स्टार लियोनेल मेस्सीले फिफाले लगाएको ४ अन्तराष्ट्रिय खेल गुमाउने हुँदा सबैको ध्यान त्यसतर्फ केन्द्रित भएको अवस्थामा धेरैले मेस्सीले ला लिगामा पनि एक खेल गुमाउने तथ्यलाई बिर्सेका हुनसक्छन्। तर, अन्तराष्ट्रिय ब्रेकपछि बार्सिलोनाका लागि फर्किदा मेस्सी ग्रानाडासँगको खेलमा उपलब्ध हुने छैनन्।

messi-injury

ला लिगमा भ्यालेन्सियासंगको ४-२ को जितमा दुइ गोल गरेका मेस्सीले पहेंलो कार्डको सामना गरेका थिए , जुन उनको यो सिजनको पाचौं कार्ड थियो । पाचौँ पहेंलो कार्डको सामना गरेको मेस्सी एक खेलमा निलम्बित रहनेछन् , जसको कारण बार्सिलोनाले ग्रानाडाको घरेलु मैदानमा खेल्दा मेस्सीले दर्शकदिर्घामा रहेर खेल हेर्न बाध्य हुनेछन्।

हाल शिर्षस्थानमा रहेको रियल मड्रिडभन्दा १ खेल धेरै खेलेको बार्सिलोनाको दुई अंक कम छ । बार्सिलोनाको सिजनमा बाँकि रहेको १० खेलमा कुनै अंक नगुमाउँदै म्याड्रिडमाथि दबाब कायम राख्ने लक्ष्य रहनेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.