9 years ago
April 2, 2017
लन्डन (एजेन्सी)– स्पेनिस क्लब रियल मड्रिड इङ्लिस क्लब चेल्सीका मिडफिल्डर इडेन हाजार्डलाई १ सय मिलियन पाउण्ड (१३ अर्ब नेपाली रुपैयाँ) खर्चिन तयार भएको विभिन्न अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

तर, हाजार्ड भने आफु चेल्सीमा सन्तुष्ट रहेको बताएका छन् । भविष्यको बारेमा सोध्दा बेल्जियमका स्टार खेलाडी हाजार्डले आफु अर्को सिजन पनि चेल्सीमै रहन चाहेको संकेत गरे ।
‘म चेल्सीमा खुसी छु र अहिले भन्नु पर्ने केहि छैन,’ उनले भने,‘म धेरै भन्दा धेरै खेल्न चाहन्छु । यहाँ धेरै लक्ष्य पुरा गर्नुछ । चेल्सीसँग सन् २०२० सम्म मेरो सम्झौता छ । त्यसैले मैले अरु केहि सोचेको छैन ।’
२०१२मा फ्रेन्च क्लब लिलेबाट चेल्सी पुगेका हाजार्डले प्रिमियर लिगको १ सय ६४ खेलमा चेल्सीका लागि ५२ गोल गरेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]