10 years ago
October 6, 2015
इरानमा भइरहेको ए.एफ्.सी यु१९ च्याम्पिएनसिप छनोटमा नेपाल आफ्नो समुहको अन्तिम खेलमा जोर्डनसंग ३-०को हार व्येहोरेको छ|
समुहको अन्तिम खेलमा जोर्डनले पहिलो हाफको सुरुवाती १५ मिनेटमै दुइ गोल गरेर दवाव दियो| जोर्डनका लागि छैटौं मिनेटमा महमुद हम्माद र चौधौं मिनेटमा महर हिज्जाजीले गोल गरेका थिए| नेपालले जोर्डन बिरुद्ध पनि कुवेतसंग खेलेको टोलिलाई नै पहिलो रोजाइमा उतारेको थियो|नेपालले तेश्रो गोल खेलको दोश्रो हाफको अतिरिक्त समयमा खाएको थियो थप समयको दोश्रो मिनेटमा बैकल्पिक खेलाडी इब्राहिम शेले गोल गरेर जोर्डनलाई ३-०को जित दिलाए|
पहिलो खेलमा इरानसंग १०-०को फराकिलो हार व्यहोरेको नेपालले दोश्रो खेलमा कुवेतसंग १-१को बराबरी खेलेको थियो| नेपालले दोश्रो खेलमा कप्तान विमल घर्ती मगरको गोलले अग्रता लिएपनि खेलको अन्त्यतिर गोल खाएर बराबरीमा रोकिएको थियो|
पाँच उत्कृष्ट समुह उपविजेता पनि अन्तिम चरणमा जाने भएकाले यस खेलअघि पनि नेपालको गणितिय सम्भावना जिवितै रहेको थियो| जोर्डनलाई हराएको खण्डमा नेपालको छनोट हुने झिनो आशा थियो| तर यस हारसंगै नेपाल समुहको पुछारमा रही छनोट चरणबाट बाहिरिएको छ|
गत महिना किर्गीस्तान्मा भएको यु१६को छनोटमा पनि नेपाल पाँच उत्कृष्ट उपविजेता मध्य एक भएर अन्तिम चरणमा पुगेको थियो| त्यसबेला अन्य खेलको नतिजा नेपालको छनोटको लागि अनुकुल हुँदा अन्तिम चरणमा पुग्न सफल भएको थियो|
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]