10 years ago
October 7, 2015
काठमाडौं, असोज २०
उपाधि दाबेदारमध्येका लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब र रमपम झापा ११ आज रेडबुल राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्दैछन् । उपाधि सम्भावनालाई बलियो बनाउन दुवैलाई जित जरुरी छ । झापालाई सफलता मिले टोली पूर्ण रुस्लान थ्री स्टार क्लबलाई पछि पार्दै शीर्षस्थानमा उक्लने छ । मनाङ जिते झापालाई पछि पार्दै तेस्रो स्थानमा उक्लने छ ।
बराबरीमा चित्त बुझाए त्यसको फाइदा दौडमा रहेका थ्री स्टार र त्रिभुवन आर्मी क्लबलाई फाइदा पुग्नेछ । बराबरीमा झापा दोस्रो स्थानमा पुग्ने छ भने मनाङ यथास्थानमै रहनेछ । बराबरीले दुवैलाई उपाधि दौडबाट बाहिर पुर्याउन सक्छ । थ्रीस्टारको २६, आर्मी र झापाको समान २४, मनाङको २२ र एपिएफको २० अंक छ ।
झापा पहिलो पटक एन्फाको एष्ट्रो टर्फमा खेल्दैछ । घरेलु मैदानमा सबै खेल खेलिसकेको झापाले अब बाँकी तीनै खेल एन्फामै खेल्ने छ । उता मनाङमा भने खेलाडी चोट र निलम्बन टाउको दुखाई छ । मिडफिल्डर सुजल श्रेष्ठ र गोलकिपरका विशाल श्रेष्ठ चोटले गर्दा लिगभर उपलब्ध हुने सम्भावना कम छ । प्रभावशाली मिडफिल्डर सुशील केसी र रक्षक विक्रम लिम्बु दोहोरो पहेलो कार्डको प्रतिबन्धका कारण झापाविरुद्ध खेल्न पाउने छैनन् । त्यस विपरित झापामा चोट वा निलम्बन छैन । टोलीका फरवार्ड कर्ण लिम्बु ११ गोलसहित सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छन् । एनआरटी र थ्री स्टारका पूर्व स्टार मिडफिल्डर रञ्जित श्रेष्ठको साथले झापाको मनोबल थप बढाएको छ । झापामा गणेश खड्काको गोलमा मनाङ १-० ले पराजित भएको थियो । २ः३० बजे सुरु हुने खेलको नतिजाले लिग दौडलाई अझै साँघुरो बनाउन सक्छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]