10 years ago
October 7, 2015
काठमाडौं, असोज २० गते ।
आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेल मा मनाङ मर्स्याङ्दी क्लबले झापा ११ ला३-२ ले पराजित गरेको छ । झापाले राष्ट्रिय लिग पुन:सुचारु भए पछी झापाले पहिलो चोटी काठमाडौंमा खेलेको हो, यो यो हारले झापाको लिग जित्ने दाउमा ठुलो धक्का भएको छ । मनाङको लागि दुई गोल बिशाल राईले र एक गोल अनिल गुरुङले गरेका थिए भने झापाको लागि कर्ण लिम्बु र योगेश गुरुङले गोल गरे ।
झापा र मनाङ दुबै टोली उपाधिका दबेदार हुन र दुबै टोली जित आत्मासात गर्ने बिश्वासका साथ मैदानमा उतृएको थियो । खेल सुरुबाट नै ५०-५० देखियो थियो र सो क्रम अन्त सम्मनै जारी रह्यो । खेलको पहिलो गोल १८औं मिनटमा कर्ण लिम्बुले गरे सो पश्चात पहिलो हाल्फमा दुबै टोलिले गोल गर्ने मौका पाए पनि सदुपायोग गर्न सकेनन ।
दोस्रो हाल्फ सुरु हुने बितिक्कै झापा केहि लयमा देखिए पनि ५८औं मिनटमा दिपक राइले गोल गर्दै मनाङलाई बराबरीमा पुराए र त्यस्को १३ मिनट पछीनै अनिल गुरुङको पासमा गोल गर्दै बिशाल राईले मनाङलाई २-१ को आग्रता दिलाए । मनाङको आग्रता धेरैबेर टिक्न सकेन र खेल अन्त्य हुनु भन्दा ६ मिनट अगाडी योगेश गुरुङले गोल गरेपछी खेल बराबरीमा सकिने सम्भावना बढेको थियो । ९० मिनट पछी थपिएको ५ मिनटमा अनिल गुरुङले अन्तिम मिनटमा गोल गर्दै मनाङको लागि ३ अंक सुनिस्चित गरे ।
खेलको म्यान अफ द म्यात्च बिशाल राई भए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]