10 years ago
October 8, 2015
फिफाका अध्यक्ष सेप ब्लाटरलाई अनुशासन समितिले ९० दिनका लागि निलम्बन गरेको छ|
गत साता ब्लाटरविरुद्ध स्विट्जरल्यान्डमै अपराधिक अनुसन्धान सुरु भएपछि अनुशासन समितिले यो कदम चालेको खुल्नमा आएको छ| औपचारिक रुपमा घोषणा आउन बाँकि रहेको यस खबरको पुष्टि ब्लाटरका सल्लाहकार क्लास स्टाकरले गरेका हुन्| सन् १९९८ देखि फिफाका अध्यक्ष रहेका ७९ वर्षीय ब्लाटरमाथि फिफाको हित विपरित काम गरेको आरोप लागेको छ| ब्लाटर विरुद्ध रकम हिनामिनाको आरोपमा अनुसन्धान पनि चलिरहेको जानकारी स्वीस अधिकारीले दिएका थिए|
पाचौं कार्यकालका लागि निर्वाचित भएका ब्लाटरले केहि महिनाअघि पदत्याग गर्ने घोषणा गरिसकेका छन्| निर्वाचित भएको एक साता नबित्दै ब्लाटरले राजिनामा दिएका थिए|
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]