10 years ago
October 8, 2015
२१ अशोज , हाम्रो खेलकुद
थ्री स्टार बिरुद्ध ५-० को हार बेवोरेको लुम्बिनी नतिजा सुधार्न नेपाल एपिएफ बिरुद्ध बिहीवार ललितपुरको सतदोबाटो स्थित एन्फाको मैदानमा उत्रिदै छ । त्यसै गरी उपादी दाबेदर मानिएको एपिएफ मनाङसँगको पराजय पस्च्यात गती समात्ने दाउमा छ ।
रुपेस केसीको १ गोलले हार बेवोरेको एपिएफ, मनाङबिरुद्ध अन्जन बिस्टको साथ नपाउदा आक्रामक फुटबलको प्रदर्शन गर्न असमर्थ रह्यो तर यु१९ एएफसी छनोट चरणको खेल पश्च्यात आजै नेपाल फर्किएको टोलीका सदश्य अन्जनको आगमन संगै बिस्ट दाजुभाइको साझेदारी एपिएफको आक्रमणमा देखिने छ।
त्यसैगरी लुम्बिनिकोलागि पनी यु १९ टोलिका बिश्वास र कमल उपलब्ध हुनेछन ।
थ्री स्टार बिरुद्ध ५-०को हार हात अंगालेको लुम्बिनि युवा टोलिको साथ मैदानमा उत्रने छ । युवा र पुराना खेलाडिको मिश्रणमा तालमेल नदेखिएपछी लुम्बिनिले सबै युवा खेलाडी उतार्ने भएको हो । यही युवा टोलिले एपिएफलाई पछील्लो भेटघाटमा १-० ले हराएको थियो ।
१२ खेल खेलेको नेपाल एपिएफको ६ जित र २ बराबारीसंगै २० अंक छ र लुम्बिनीबिरुद्ध जित दर्ता गर्दै पाचौ स्थानबाट माथि उक्लने लक्ष्य लिएको छ भने अंक तालिकाको पु छार बाट दोस्रो स्थानमा रहेको लुम्बिनी जितसंगै लिगको सुखद अन्त्यको दाउमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]