default_image

9 years ago

April 8, 2017

मालागा र बार्सलोना भिड्दै

117 views

0 Bookmark

एजेन्सी – स्पेनिश ला लिगा अन्तर्गत शनिबार राती हुने खेलमा मालागा र बार्सलोना भिड्दैछन् यी दुई टोलिबिचको पछिल्लो खेल गोल रहित बराबरीमा टुंगिएको थियो बार्सलोनाको मैदानमा भएको खेलमा मालागाका दुई खेलाडी रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए। खेल रातको १२:३०बजे सुरु हुने छ।

barcelona-messi-neymar-suarez

अंक तालिकाको दोस्रो स्थानमा रहेको बार्सा आजको खेल जित्दै पहिलो स्थानमा रहेको रियलसंग दुरी घटाउने लक्ष्य सहित मैदानमा उत्रिने छ। रियल म्याड्रिडले आज एटलेटिको म्याड्रिडको सामना गर्दै छ। बार्सेलोनाले ३० खेल खेल्दै ६९ अंक जोडेको छ भने रियलको २९ खेलमा ७२ अंक रहेको छ।

घरेलु टोलिका लागि रेसियो र जुआनकरले सुरुआत गर्ने छन्, उनीहरुले अगिलो खेल प्रतिबन्धका कारण गुमाएका थिए। मालागाका मिगल टोरेसले चोटका कारण खेल गुमाउने छन्। आज पाहुना टोलीका दुई स्टार खेलाडी गेरार्ड पिके र इभान राकिटिचले भने प्रतिबन्धका कारण खेल गुमाउने छन्, दुबैले सेभिल्ला बिरुद्धको खेलमा कार्ड खाएका थिए।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.