9 years ago
April 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी र अनिता बस्नेत सम्मिलित माल्दिभ्स एअरपोर्ट कम्पनि लिमिटेडले क्लब माल्दिभ्स १८/३० वुमन फुटसल फिएस्टा अन्तर्गत आज आफ्नो पहिलो खेल खेल्दै छन्।

नेपाली समयानुसार साँझ ७:१५ बजे सुरु हुने खेलमा नेपाली खेलाडी सम्मिलित एअरपोर्ट टोलीले पुलिस क्लबको सामना गर्दैछ। दुइ साता अघि माल्दिभ्स प्रस्थान गरेका खेलाडीले त्यसयता क्लबसंग रही प्रशिक्षण गरेका थिए।
माल्दिभ्समा वर्षेनी हुने फुटसल लिगको लागि माल्दिभ्स एयरपोर्ट कम्पनीले भण्डारी र बस्नेतलाइ १ महिनाको लागि अनुबन्धन गरेका हुन्। २ वर्ष अघि नेपालकै सजना राणा मगरले पनि उक्त फुटसल लिग खेलेकी थिइन्।
एक महिना सम्म चल्ने फुटसल च्याम्पियनसिपका लागि सावित्रा र अनिता माल्दिभ्स एयरपोर्ट कम्पनीमा आबद्ध भएका हुन्। साफ च्याम्प्यिनसिपको प्रदर्शनकै आधारमा माल्दिभियन क्लबले उनीहरुलाई अनुबन्धन गरेको बताइएको छ।
आउने जाने हवाइ टिकट र त्यहाँ रहदाको खर्च बेहोर्ने क्लबले उनीहरुलाई एक महिनाको १ हजार ५ सय अमेरिकी डलर पारिश्रमिक दिने सम्झौता भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]