9 years ago
April 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)- कुलेश्वर ‘ए’ ले वार्नर अल्बर्ट सिक्स ए साइड यू १४ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल युथ प्रोग्राम र कुलेश्वर आवास युथ काउन्सिल (केवाइएसी) को संयुक्त आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा कपन ‘ए’ लाई २–१ पराजित गर्दै कुलेश्वर ‘ए’ले उपाधि जितेको हो।

प्रतियोगितामा कुलेश्वर ‘ए’ र ‘बी’ तथा कपन ‘ए’ र ‘बी’ टोलीको सहभागिता थियो । कपनका विशाल मोक्तान उत्कृष्ट खेलाडी तथा कुलेश्वरका हिमाल श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए । प्रतियोगितामा सहभागी खेलाडीका लागि प्रतियोगितासहित क्याम्पको पनि आयोजना गरिएको थियो । नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक होल्गर ओभरम्यानले विजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
ओभरम्यानले आफुले दोस्रो घरका रुपमा मानेको नेपाल आउँदा खुसी लाग्ने बताए । उनले नेपाल युथ प्रोगाम र केवाइएसीको प्रयासको सरहना गर्दै फुटबल विकासका लागि ग्रासरुटबाट काम गर्नुपर्ने सुझाव दिए । केवाइएसीका अध्यक्ष सुलभ शरण केसीले सानै उमेर देखि फुटबलको स्कील र अनुशासनमा ध्यान दिनका लागि क्याम्प सञ्चालन गरिएको बताए । सो कार्यक्रममा नेपाल युथ प्रोग्रामका अध्यक्ष्य राजीव नेपालीले ग्रासरुट फूटबल विकासका लागि यस्तो कार्यक्रम महत्वपूर्ण रहेको बताए।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]