9 years ago
April 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा एसी मिलान जुनियर फुटबल क्याम्प आजबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सुरु भएको छ।

शुक्रबारसम्म हुने क्याम्पमा १२५ जना प्रशिक्षार्थीहरु सहभागी छन्। जसमध्ये ७ खेलाडी उपत्यका बाहिरका रहेका छन्। एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्टले एस.एस.डी. पोलीस्पोर्टइभेन्टि एस.आर.एल. नामक कम्पनिसंग सहकार्य गर्दै पाँच इटालियन प्रशिक्षकलाई नेपाल बोलाएको हो।
एस.एस.डी. पोलीस्पोर्टइभेन्टि एस.आर.एल. नामक संस्थालाई एसी मिलानले केहि वर्षका लागि आफ्नो नाम प्रवर्द्धन गर्न र मिलान क्याम्पको आयोजना गर्न स्वीकृति प्रदान गरेको छ। त्यसै अन्तर्गत ड्यानीएल पाक्काग्नानको नेतृत्वमा पाँच सदस्यीय इटालियन प्रशिक्षण टोली नेपाल आइपुगेको हो। ड्यानीएलसंगै निकोलस फस्सोली, पाउलो कार्ली, अन्द्रिए निकोली र डेभिड कोर्टिले खेलाडीहरुलाई ६ दिनसम्म प्रशिक्षण दिनेछन्।
इटालियन प्रशिक्षक टोलीसंगै नेपालका ‘बि’ लाइसेन्स प्राप्त प्रशिक्षकहरुले सहयोगीको भूमिका निभाएका छन। क्याम्पमा उत्कृष्ट प्रदर्शन गर्ने ३ खेलाडीले थप अवसर पाउने बताईएको छ। कार्यक्रममा सम्पूर्ण सहभागी प्रशिक्षार्थीलाई एसी मिलानले उपलब्ध गराएको खेल सामग्री प्रदान गरिएको थियो।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]