default_image

9 years ago

April 10, 2017

सावित्रा र अनिता सम्मिलित माल्दिभ्स एयरपोर्टको जित

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी र अनिता बस्नेत सम्मिलित माल्दिभ्स एयरपोर्ट कम्पनी लिमिटेडले क्लब माल्दिभ्स १८/३० वुमन फुटसल फिएस्टामा विजयी सुरुआत गरेको छ ।

माल्दिभ्स एयरपोर्टले आइतबार माल्दिभ्स पुलिसलाई ६–३ ले हराएको छ । ६ मध्ये ५ गोल सावित्रा र अनिताले गरेका थिए । सावित्रा ह्याट्रिक गरेको खेलमा अनिताले दुई गोल गरेकी थिइन् । सावित्रा खेलको क्वीन अफ दी म्याच घोषित भएकी थिइन् ।

उता राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सको माथिल्लो स्तरको टोली टिसी स्पोर्टसबाट खेल्दै आउका छन् ।
माल्दिभ्समा वर्षेनी आयोजना हुने फुटसलका लागि माल्दिभ्स एयरपोर्टले सावित्रा र अनितालाई १ महिनाको लागि अनुबन्धन गरेको थियो । उनीहरु चैत १० गते माल्दिभ्स गएका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.