default_image

9 years ago

April 10, 2017

‘नेपाल युथ प्रोग्राम’लाई जर्मनीबाट सहयोग

152 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – विगत २ वर्षयता युवाहरुलाई फुटबल मार्फत खेल तथा व्यक्तित्व विकासमा विभिन्न कार्यक्रम गर्दै आएको संस्था नेपाल युथ प्रोग्रामलाई एक कार्यक्रमका बीच आज जर्मनीबाट सहयोग प्रदान भएको छ।

फाइल तस्बिर

जर्मनीको एम्च्योर क्लब भी.एफ.आर मेर्जहौसेनका अध्यक्ष वोल्फगंग वेयर्सले नेपाल युथ प्रोग्रामलाई नगद सहयोग गरेका हुन्। उनले कुलेश्वर स्थित नेपाल युथ प्रोग्रामको मैदानमा गएर प्रशिक्षण पनि दिएका थिए। उनले नेपाल जस्तो सहयोगी र फुटबल प्रति समर्पित समाजमा केहि गर्न पाउनु सौभाग्य रहेको बताए।

नेपाली राष्ट्रिय टोलीका पुर्व प्रशिक्षक होल्गर ओभरम्यान प्राविधिक सल्लाहकार रहेको नेपाल युथ प्रोग्रामले कपन स्थित माउन्ट कैलाश स्कुलको प्राङ्गणबाट आफ्नो कार्यक्रम सुरु गरेपनि विविध कारणले गर्दा हाल कुलेश्वरमा आफ्नो कार्यक्रम संचालन गरिरहेको छ। ५० प्रशिक्षार्थी सम्मिलित नेपाल युथ प्रोग्राममा अध्यक्ष राजीव नेपाली संगै प्रशिक्षक राजन लाल नेपाली र गोलरक्षक प्रशिक्षक राजु सिंह महर्जनले प्रशिक्षण दिंदै आएका छन्।

कार्यक्रममा बोल्दै नेपाल युथ प्रोग्रामका अध्यक्ष राजिव नेपालीले यस्तो सहयोग कार्यक्रमलाई थप हौसला प्रदान भएको र आउने दिनमा अझै यस्ता कार्यक्रमहरुलाई प्रोत्साहन पुग्ने बताए। उनले यस कार्यक्रमले खेलाडीलाई एक कुशल खेलाडीका साथै एक असल व्यक्ति बन्न सिकाउने प्रण लिएको बताए। “हामी मैदान भित्र राम्रो खेलाडी मात्र हैन, समाजका लागि एक असल नागरिक दिन चाहन्छौ। हाम्रो कार्यक्रमले विधार्थीहरुलाई व्यवहारिक ज्ञान पनि दिने विश्वास हामीले लिएका छौँ”, उनले थपे।

नेपाल युथ प्रोग्रामले हाल बिना कुनै शुल्क ५० खेलाडीलाइ प्रशिक्षण दिइरहेको पनि कार्यक्रममा जानकारी दिइयो।फुटबल प्रशिक्षण बाहेक यस कार्यक्रमले स्वास्थ्य क्याम्प, नेतृत्वसम्बन्धि कार्यशाला, लगायतका कार्यक्रमहरु पनि गर्दै आएको छ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.