default_image

9 years ago

April 10, 2017

रियल वा बार्सिलोनाले मात्र औबामेयाङलाई किन्न सक्ने

193 views

0 Bookmark

एजेन्सी – जारी सिजनमा ३२ गोल गरेर लगातार युरोपमा तहल्का मच्चाईरहेको बोरुसिया डर्टमुण्डका स्ट्राइकर पिएर एमेरिक औबामेयाङलाई किन्न स्पेनका ठुला क्लब बार्सिलोना र रियल म्याड्रिडले मात्र सक्ने डर्टमुण्डका प्रबन्ध निर्देशक हान-योचिम वाट्ज्केले बताएका छन्

२७ वर्षीय स्ट्राइकरले पछिल्लो तिन सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् उनको डर्टमुण्डसंगको अनुबन्धन सन् २०२०सम्म कायम रहनेछ र त्यसैकारण क्लबले हालै औबामेयाङलाई क्लबबाट टाढा जना नदिने वाट्ज्केले बताएका छन्

विगतका सिजनमा डर्टमुण्डका स्टार खेलाडीहरु बायर्नतर्फा लागिरहेको अवस्थामा औबामेयाङले भने कुनै हालतमा त्यसो नगर्नेमा आफु विश्वस्त रहेको उनले बताए “क्लबले औबामेयाङलाई आफुसंग राख्ने सक्दो प्रयास गर्नेछ रियल र बार्सिलोनाले राम्रो रकम दिएको खण्डमा क्लब सोच्न बाध्य हुनेछ तर बायर्न भने औबामेयाङका लागि कुनै हालतमा पनि अर्को गन्तव्य हुने छैन”, उनले भने

विगतमा लिभरपुल र आर्सनलले पनि औबामेयाङलाई अनुबन्धन गर्ने प्रयास गरेका थिए तर, डर्टमुण्डले अहिलेको अवस्थामा १०० मिलियन पाउण्ड भन्दा कममा खेलाडीलाई बेच्ने छैन

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.