default_image

9 years ago

April 11, 2017

‘रियल छाडेको दिनमा म रोएँ’- हिगुआइन

131 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत युभेन्टस र बार्सिलोनाको खेल अघि रियल म्याड्रिडका पुर्व खेलाडी गोन्जालो हिगुआइनले रियल म्याड्रिड छोड्दाको समय निकै गाह्रो भएको अभिव्यक्ति दिएका छन्।

सन् २००७ देखि २०१३ सम्म रियलका लागि खेलेका अर्जेन्टिनी स्ट्राइकर हिगुआइनले म्याड्रिडको जर्सीमा खेल्दै १२१ गोल गरेका थिए। सन् २०१३मा नेपाली लागेका हिगुआइनले युभेन्टस आउनुअघि ३ सिजन इटालीमै खेलेका थिए।

‘मलाई फुटबलले खुसी र दुखको आँशु दिएको छ। म रियल म्याड्रिड छोडेको दिन रोएको थिएँ। रियलले  मेरो हृदयमा छुट्टै स्थान बनाएको छ’, हिगुआइनले भने। यद्दपी उनले हाल युभेन्टससंग आफु आवद्ध रहेकाले सम्पूर्ण ध्यान बार्सिलोना विरुद्धको खेलमा केन्द्रित रहेको जानकारी दिए।

उनले युभेन्टस र बार्सिलोना च्याम्पियन्स लिगमा भिड्दा रियलसंगको पुरानो यादले केहि फरक नपर्ने पनि बताए। ‘बार्सिलोना युरोपकै उत्कृष्टमध्यको टिम हो। यसमा जित हात पारेमा अघिल्लो चरण हाम्रो लागि सहज हुने कारणले यो खेल विशेष हुनेछ। हामी यस खेलका लागि तयार छौँ’, उनले थपे।

युभेन्टस र बार्सिलोनाको खेल नेपाली समयानुसार बुधबार बिहान १२:३० बजे हुँदैछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.