9 years ago
April 11, 2017
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनल चरणको खेलको पहिलो लेगमा युभेन्टसले बार्सिलोनालाई आफ्नो घरेलु मैदानमा निम्त्याउँदै छ।

घरेलु लिगमा किएभोसंगको २-०को जितमा आफ्नो महत्वपूर्ण खेलाडीहरुलाई विश्राम दिएका प्रशिक्षक मासिमिलानो एलेग्रीले यस खेलका लागि आफ्नो उत्कृष्ट ११ लाई मैदानमा उतार्ने पक्का छ। लिओनार्डो बोनुची, जिओर्गियो किएलिनी, मारियो मान्जुकिच र मिरालेम प्यानिचले लिगको खेलमा विश्राम लिएका थिए।
युभेन्टसका लागि ड्यानी आल्भेसले पहिलोपटक आफ्नो पुर्व क्लब बार्सिलोनाको सामना गर्दैछन्। चोटका कारण मार्को पाका उपलब्ध हुने छैनन् भने वान क्वाड्राडो पहेंलो कार्ड पाएमा अर्को खेल खेल्न बाट प्रतिबन्धित हुनेछन्।
यसैगरी बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्केट्स पी.एस.जी संगको खेलमा जारी प्रतियोगिताको दोश्रो कार्ड खाएका कारण पहिलो लेग खेल्नबाट बन्चित भएका छन्। यद्दपी उनि क्याम्प नउमा हुने दोश्रो लेगक लागि उपलब्ध हुनेछन। पिके, नेयमार र राकिटिच भने पहेंलो कार्ड पाएको खण्डमा दोश्रो लेगमा प्रतिबन्धित हुन सक्नेछन्।
बार्सिलोनाका लागि एलेक्स भिडाल र राफिन्हा चोटका कारण यस सिजनको अन्त्यसम्मै उपलब्ध छैनन् भने आर्डा टूरान सानो चोटका कारण विश्राममा बस्ने सम्भावना रहेको छ।
युभेन्टस र बार्सिलोनाले २०१५को च्याम्पियन्स लिगको फाइनल खेलेका थिए। बर्लिनमा भएको उक्त फाइनलमा बार्सिलोना ३-१ले विजयी भएको थियो।
बार्सिलोना र युभेन्टसबिचको खेल नेपाली समयानुसार बुधबार बिहान १२:३० बजे (मंगलबार मध्यरातमा) सुरु हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]