9 years ago
April 11, 2017
एजेन्सी – बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले रियल म्याड्रिड विरुद्ध हुने युरोपेली च्याम्पियन्स लिग अन्तर्गतको पहिलो लेगको खेल गुमाउने खतरा बढेको छ।

काँधमा लागेका चोटका कारण विगत २ दिनयता प्रशिक्षणमा अनुपस्थित रहेपछि पोल्याण्डका स्ट्राइकर रियल विरुद्धको खेलका लागि फिट नहुने सम्भावना बढ्दै गएको हो। युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगका लागि बायर्नले बुधबार राती घरेलु मैदान अलियान्ज एरेनामा रियल म्याड्रिडलाइ निम्त्याउँदै छ।
यद्दपी बायर्नका प्रशिक्षक कार्लो एन्चेलोटिलाइ आफ्नो पुर्वक्लब विरुद्धको खेलअघि म्यनुएल नोएर प्रशिक्षणमा फर्केकाले थप उर्जा भने मिलेको छ। केहि सातायता चोटका कारण लिगका खेल गुमाएका नोएरले म्याड्रिड विरुद्धको खेलमा उपस्थिति जनाउनेछन्।
रियल र बायर्नबिचको खेल नेपाली समयानुसार बिहिबार बिहान (बुधबार मध्यरातमा) १२:३० बजे हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]