9 years ago
April 11, 2017
एजेन्सी – इङलिस प्रिमिएर लिग अन्तर्गत सोमबार राती भएको खेलमा क्रिस्टल प्यालेसले आफ्नो घरेलु मैदानमा आर्सनललाई ३-०को फराकिलो अन्तरले पराजित गरेको छ।

खेलको १७औं मिनेटमा विल्फ्रिड जाहाको पासलाई सदुपयोग गर्दै आन्ड्रोस टाउनसेण्डले प्यालेसलाई खेलमा सुरुवाती अग्रता दिलाएका थिए। खेलको अधिकांश समय बल पोसेसन राखे पनि आर्सनलले राम्रो आक्रमण सिर्जना गर्न सकेको थिएन।
खेलको ६३औं मिनेटमा योहान कबाएले उत्कृष्ट फिनिसिङ गर्दै प्यालेसलाई २-०को अग्रता दिलाए। जाहाको कटब्याकलाई उनले बक्स बाहिरबाट पहिलो टचमै गोलमा परिणत गरेका थिए। त्यसपछि आर्सनलका गोलरक्षक मार्टिनेजले ६७औं मिनेटमा टाउनसेण्डलाई बक्सभित्र लडाएपछि प्यालेसले पेनाल्टि पायो। मिलिभोजेभिचले पेनाल्टिबाट गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित पारेका थिए।
हारसंगै आर्सनल अंक तालिकाको छैटौं स्थानमा यथावत रहेको छ। ३०खेलमा ५४ अंक जोडेको आर्सनलको शीर्ष ४मा पर्ने सम्भावना पातलिदै गएको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]